You are currently viewing पाकिस्तानको बलुचिस्तान सडक दुर्घटनामा १७ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान सडक दुर्घटनामा १७ जनाको मृत्यु

नेभा, पाकिस्तान, २९ चैत,

पाकिस्तानमा ठूलो दुर्घटना भएको छ । दुर्घटना पाकिस्तानको सिन्ध र बलुचिस्तान प्रान्तको सीमावर्ती सहर नजिकै भएको हो ।

तीर्थयात्री बोकेको बस गहिरो खोलामा खस्दा दुर्घटना भएको हो । उनीहरू यात्रा गरिरहेका बस खोलामा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको र ३८ जना घाइते भएका छन् ।

दुर्घटनापछि घटनास्थलमा मानिसहरूको भीड जम्मा भएको थियो । प्रहरीले उद्धार कार्यमा स्थानीयको सहयोग पनि लियो । घटनाको बारेमा पाकिस्तान पुलिसलाई जानकारी गराइएको थियो ।

तीर्थयात्रीहरू बलुचिस्तानको खुजदार जिल्लाको दुर्गम मुस्लिम सुफी तीर्थस्थल शाह नूरानीतर्फ जाँदै गर्दा बुधबार उनीहरूको बस हब सहरको खोलामा खस्यो । दुर्घटना भएको ठाउँ कराचीबाट करिब १०० किलोमिटर टाढा रहेको छ । गृहमन्त्री मोहसिन नकवीले यस घटनाप्रति शोक व्यक्त गर्दै ड्राइभरले वक्रमा नियन्त्रण गुमाएको थियो जसका कारण बस घाटीमा खसेको बताए । सबै यात्रु सिन्ध प्रान्तको थट्टा सहरका बासिन्दा थिए ।

Leave a Reply