You are currently viewing लागूऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

लागूऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

नेभा, विराटनगर, २७ असार,

झापा  र मोरङबाट लागूऔषध सहित चारजना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती झापाको दमक नगरपालिका वडा १ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका वडा नम्बर १ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय, दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।

निजलाई नियन्त्रणमा गरेसंगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ वर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै हिजो दिउसो लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय, भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ बाट देश भारत बिहारका २२ वर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

हिजोनै दिनको मोरङको बिराटनगर वडा नम्बर १५ बाट मोरङ बेलबारी नगरपालिकाको ३१ वर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धन भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply