नाइजेरियामा डुंगा पल्टिँदा एक सय ३ जनाको मृत्यु भएको छ । यो घटना उत्तरी नाइजेरियामा भएको थियो जब डुङ्गामा सवार मानिसहरू विवाह समारोहबाट फर्कदै थिए । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । डुंगामा करिब ३ सय जना सवार थिए ।
दुर्घटनाको जानकारी दिँदै अधिकारीहरूले भने कि घटना उत्तरी नाइजेरियाको क्वारा राज्यको पाटेगी जिल्लामा भएको हो। दुर्घटनापछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ । स्थानीयवासी र प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।
हालसम्म एक सय जनाको उद्धार गरिएको उनले बताए । स्थानीय प्रमुख अब्दुल गना लुक्पाडाले भने, “डुङ्गामा भीडभाड थियो ।” त्यसमा करिब ३ सय जना थिए । डुङ्गा पानीमुनि रहेको ठूलो लगसँग ठोक्किएर क्षतिग्रस्त भएको क्वाराका गभर्नर अब्दुलरहमान अब्दुलराजकको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको छ ।