मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर १ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका वडा नम्बर १ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल, बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको कुरा प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको हो ।
उक्त घटनाबारेमा जिल्ला प्रहरी कार्यालय, मोरङले थप अनुसन्धान गरिरहेको छ ।