You are currently viewing लागूऔषध सहित दिपेन्द्र र रुपा पक्राउ

लागूऔषध सहित दिपेन्द्र र रुपा पक्राउ

नेभा, २९ भाद्र,

भदौ २७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा वडा नम्बर ०५, पिप्ले घर भई हाल वडा नम्बर ११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र बागमती गा.पा. वडा नम्बर ६ बस्ने वर्ष २१ की रुपा बिश्वकर्मालाई रितपुर्वक खानतलासी पुर्जी दिई निजहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।

कालो रुमाल भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त धुलो पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको कुरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रकाशित गरेको बिज्ञप्ति मार्फत जनाइएको छ ।

फोटो: मकवानपुर प्रहरी