You are currently viewing गुप्ताको सभापतित्वमा बीनपा वडा नं. ७ मा सर्वसम्मतले नेकाको बुथ समिति गठन

गुप्ताको सभापतित्वमा बीनपा वडा नं. ७ मा सर्वसम्मतले नेकाको बुथ समिति गठन

बीरगंज, मंसिर १,

नेपाली कांग्रेसको १४ औं महाअधिवेसन अन्तर्गत पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा नं. ७ मा सुरेश कुमार गुप्ताको अध्यक्षतामा सम्पूर्ण पदमा शान्तिपूर्णरुपले सर्वसम्मतमा नयाँ बुथ कार्यसमिति गठन भएको छ ।

पूर्व सभापति नागेन्द्रप्रसाद कानूको नेतृत्वमा आयोजित वडा अधिवेसनमा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुको उपस्थितिमा गुप्तालाई बुथ सभापतिमा चयन गरिएको निर्वाचन अधिकृत भुषण चौबेले जानकारी गराएका छन् ।

गुप्ताको अध्यक्षतामा गठित नयाँ बुथ समितिको उपसभापतिमा श्रीमती ऋतु घिमिरे तथा राकेश रंजितकार, सचिवमा मुनाल बहादुर श्रेष्ठ तथा रामबहादुर श्रेष्ठ, सह–सचिवमा दिपक कुमार श्रीवास्तव तथा अलताफ हुसेन रहेका छन् ।

त्यसैगरी क्षेत्रिय प्रतिनीधिहरुमा नागेन्द्रप्रसाद कानु, हिराकान्त चौधरी, सियाराम नेपाली, ब्रह्मप्रसाद चौधरी, कन्हैया प्रसाद, दिपेन्द्रप्रसाद कानु, मणिलाल डंगोल, विनादेवी ठाकुर, रविरोशन ठाकुर, सैलेन्द्र प्रसाद सिंह, खुसनैन मिया तेली, प्रिती कुमारी सिंह, नेत्रबहादुर केसी, हिराकाजी महर्जन तथा मधुसुधन बहादुर श्रेष्ठ रहेको निर्वाचन अधिकृत चौबेले जानकारी दिएका छन् ।

Leave a Reply