You are currently viewing मकवानपुरबाट १२ किलो ५०० ग्राम गाँजा सहित २ जना महिला पक्राउ

मकवानपुरबाट १२ किलो ५०० ग्राम गाँजा सहित २ जना महिला पक्राउ

नेभा, मकवानपुर, २३ चैत,

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा दुइजना महिलाहरुलाई पक्राउ गरिएको छ ।

हेटौडाबाट काकडभित्ता तर्फ जादै गरेको ज १ ख ३३३७ नम्बरको यात्रुबाहक बसमा सवार भई आएका जिल्ला, मकवानपुर बकैया गाँउपालिका वडा नम्बर ४ मन्थली बस्ने ३२ वर्षकी चमेली माया घलान र सोहि ठाउँको वडा नम्बर १० बस्ने २५ वर्षकी रोजीना घलानलाई नियन्त्रणमा लिएको छ ।

शंका लागि निजहरुलाई खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लागूऔषध गाँजा १२ किलो ५०० ग्राम फेला परेको हुंदा उक्त लागूऔषध सहित निजहरु चमेली माया घलान र रोजिना घलानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

Leave a Reply