You are currently viewing ५ किलो भन्दा बढी अफिम सहित २ जना पक्राउ

५ किलो भन्दा बढी अफिम सहित २ जना पक्राउ

नेभा, बाँके, १८ असार,

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर ह्याप्पि वोल्ड फन पार्क अगाडी शंकासपद रुपमा बसिरहेका दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ७ भिउस घर भई हाल जिल्ला बर्दिया बांसगढि नगरपालिका वडा नम्बर ९ माछागढ बस्ने ५५ वर्षको राम बहादुर शाहि र जिल्ला जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ८ सेपुखोला बस्ने ३५ वर्षको पुर्ण बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाचँ गर्दा पुर्ण बहादुर विश्वकर्माले पछाडि बोकेको कालो झोलामा अफिम जस्तो देखिने गिलो पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५ किलो ८ सय ६५ ग्राम भएको थियो ।

सोही स्थानमा रोकी राखेको राम बहादुर शाहिको कर्णाली प्रदेश ०२-००२ प ११८६ नम्बरको मोटरसाईकल सहित फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिईएको छ ।

बाँके जिल्ला, अदालबाट दिन ५ म्याद थप अनुमती लिई अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply