You are currently viewing मेक्सिकोको जेलमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु, २४ कैदी फरार

मेक्सिकोको जेलमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु, २४ कैदी फरार

नेभा, १८ पौष,

बन्दुकधारीहरूले आइतवार बिहान मेक्सिकोको शहर सिउडाड जुआरेजको एक जेलमा आक्रमण गर्दा १० सुरक्षाकर्मी र चार कैदीको मृत्यु भएको थियो । सरकारी अधिकारीहरूले यो जानकारी दिए । चिहुआहुआको राज्य अभियोजकको कार्यालयले एक विज्ञप्तिमा भन्यो कि बिहान 7 बजे केही सशस्त्र गाडीहरू कारागारमा आए र त्यसमा सवार बन्दुकधारीहरूले सुरक्षाकर्मीहरूमाथि गोली हाने । गोली हानाहानमा १० सुरक्षाकर्मी र चार बन्दी मारिएका छन् भने १३ अन्य सुरक्षाकर्मी र कम्तीमा २४ बन्दी घाइते भएका छन् ।

बयानका अनुसार मेक्सिकोका सेना र राज्य प्रहरीले आइतवार राति जेललाई पुन नियन्त्रणमा लिएका छन । बन्दुकधारीहरूले आक्रमण हुनु केही समयअघि नजिकैको मुख्य सडकमा नगरपालिका प्रहरीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि हमलाकारीहरूले हुमारको जेल बाहिर सुरक्षा एजेन्टहरूको अर्को समूहमा गोली हाने ।

आक्रमणपछि कारागारमा कैदीबन्दीबीच झडपसमेत भएको थियो । यो लडाई आपराधिक गिरोह र लागूऔषध कार्टेलका कैदीहरूको कक्षमा भएको थियो । यो झडपमा १३ जना गम्भीर घाइते भएका छन् । आक्रमणपछि ४ जनालाई हिरासतमा लिइएको अभियोजकले बताए । यद्यपि उनले पक्राउ परेकाहरू बन्दी वा हतियारधारी हुन् भन्ने खुलाएनन् । तर, कारागारबाट २४ जना कैदी कसरी भागे भन्ने खुल्न सकेको छैन । यस विषयमा अनुगमन भइरहेको छ ।

Leave a Reply