कोरियामा हुन गइरहेको ६ दिने रेफ्रि ट्रेनिड्डमा नेपालबाट गणतन्त्र कोरियातर्फ पाँचजना शनिबार प्रस्थान गर्दैछन् ।
अगस्त २६ देखि ३१ सम्म हुन लागेको फुटुरो ट्रेनिङ्गमा प्रदेश नं. १ बाट किरन गिरी, प्रदेश नं. २ बाट गजेन्द्रमान सिंह, र प्रदेश नं. ३ बाट सुरेन्द्र सिक्रारकार, कल्पना शर्मा तथा बिना श्रेष्ठ गरी पाँचजना रेफ्रिहरु शनिबार कोरिया तर्फ प्रस्थान गर्न लागेका कुरा जानकारी गराइएको छ ।
Referee instructors (FUTURO III) मा तकनिकी तथा सुस्वास्थको बारेमा छ दिने प्रशिक्षण दिइने कुरा उक्त समूहका एक सदस्य गजेन्द्रमान सिंहले जानकारी गराएका छन् ।
सन् १९८१ सालमा एन्फा रेफ्रि कोर्ष शुरु गरेका सिंहले १९९३ सम्म फिफा लाइन्स म्यानको रुपमा, १९९७ देखि २००८ सम्म फिफा सहयोगि रेफ्रिको रुपमा कार्य गरेका थिए भने उमेर हदको कारण अवकास पाए पछि रेफ्रि निर्देशकको रुपमा सेवारत छन् । बीरगञ्जबाट आफ्नो करियर शुरु गरेका सिंहले १७ वर्ष देखि फिफा प्यानलमा सेवा दिदै आइरहेका छन् ।