You are currently viewing ‘गेम अफ थ्रोन्स’ का अभिनेताको निधन

‘गेम अफ थ्रोन्स’ का अभिनेताको निधन

नेभा, २६ बैशाख,

गेम अफ थ्रोन्समा केवान ल्यानिस्टरको भूमिकाका लागि परिचित बेलायती अभिनेता इयान गेल्डरको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

उनी क्यान्सरबाट पीडित थिए र पित्त नलीको क्यान्सरको जटिलताका कारण उनको मृत्यु भएको बताइएको छ । ७४ वर्षको उमेरमा इयानले संसारलाई अलविदा भनेका छन् । गेल्डरका साथी बेन डेनियल्सले मङ्गलबार इन्स्टाग्राम पोस्टमा उनको मृत्युको पुष्टि गरेका छन् ।

“धेरै दुःख र लाखौँ टुक्रामा विभाजित भारी हृदयका साथ म मेरो प्रिय पति र साथी, इयान गेल्डरको निधनको घोषणा गर्न यो पोस्ट छोड्छु”, डेनियल्सले लेखेका थिए ।’

Leave a Reply