You are currently viewing ‘टाइगर 3’ को रिलिज मिति सार्वजनिक

‘टाइगर 3’ को रिलिज मिति सार्वजनिक

नेभा, २० फाल्गुण,

सलमान खानको फिल्म टाइगर ३ को रिलिज मिति सार्वजनिक छ । यो चलचित्रको रिलिज मिति एक उत्कृष्ट टिजर सहित घोषणा गरिएको छ । भिडियोमा सलमान सुतिरहेको देखिएको छ भने कट्रिना कैफलाई चक्कु प्रहार गरेको देखिएको छ । भिडियोमा फ्यानहरुले चर्को प्रतिक्रिया दिइरहेका छन् ।

सलमान खानले ट्विट गरेका छन् “हामी सबैले आफ्नो ख्याल राखौं टाइगर ३ हिन्दी, तमिल र तेलुगुमा सन् २०२३ को इदमा रिलिज हुनेछ ।” फिल्म तीन भाषामा एकैसाथ रिलिज हुनेछ ।
सलमान र कट्रिनाको फिल्मको सुटिङ कोरोना महामारीका कारण अवरुद्ध भएको थियो तर अहिले चलचित्रको छायांकन लगभग सकिएको छ । गत महिना सलमान, कट्रिना र इमरान हाश्मी सुटिङका लागि दिल्ली आएका थिए । त्यसपछि उनका तस्विरहरु पनि बाहिर आयो ।

Leave a Reply