You are currently viewing हरिणको ताजा मासु सहित झा पक्राउ

हरिणको ताजा मासु सहित झा पक्राउ

नेभा, सप्तरी, १९ माघ,

बन्यजन्तुको अखेटोपहार (ताजा मासु) चोरी शिकारी भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, हनुमाननगरबाट खटिएको प्रहरी टोलीले एकजना व्यक्तिलाई पक्राउ गरिएको छ ।

जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित बैष्णोदेवी मन्दिर नजिक २२५ नम्बर कोशी बांधबाट जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ५ मा बस्ने तारा नन्द झाको छोरा अन्दाजी ४६ वर्षको शैलेस कुमार झालाई पक्राउ गरिएको हो ।

पछाडी ढाँडमा हतियार भिरी दुईवटा बोरामा मासु लिई बसीरहेको अबस्थामा फेला पारिएकोमा निजलाई नियन्त्रणमा लिई निजको शरीर तलासी लिँदा निजको साथबाट २२ बोर मेगनम (राईफल) थान १, सो को गोली ४१ थान, उक्त बन्दुकको म्याग्जिन २ थान, गन स्टेन १ थान, क्यामेरा १ थान, पावर बैंक १ थान, मोबाईल १ थान, लाईट १ थान र दुई वटा बोरामा काटिएको अवस्थाको बन्यजन्तु मृगको जस्तो देखिने मासु ३५ किलो फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

उक्त हतियार र बन्यजन्तुको अखेटोपहार (ताजा मासु) बरामद गरी निज शैलेश कुमार झालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय, राजविराज सप्तरीमा पठाईएको छ ।

Leave a Reply