विभिन्न शैक्षिक संस्था, सरस्वती मन्दिर लगायत अन्य स्थानहरुमा सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने जस्ता कार्यहरु गर्छन् ।
साथै लागूऔषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालबालिकाहरुलाई जिस्काउने, एक आपसमा झै–झगडा गर्ने, जबर्जस्ती अविर दल्ने, पूजाका लागि भनी चन्दा उठाउने जस्ता गतिविधिहरु गर्ने गर्छन् ।
यस प्रकारको गतिविधिहरु नगर्न नगराउन हुन सर्वसाधारणहरुलाई अनुरोध गरीएको छ ।
यदि त्यस्ता अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैर कानुनी गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत धनुषाको प्रमुख जिल्ला अधिकारी द्वारा जारी सूचनाबाट जानकारी गराइएको छ ।