रिपब्लिकन पार्टीका नेता तथा सांसद ज्याकी भालोर्सकी र उनका दुई कर्मचारीको अमेरिकाको इन्डियाना राज्यमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । रिपब्लिकन पार्टीका नेता ज्याकी वालोर्सकीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा इन्डियाना राज्यको प्रतिनिधित्व गरेका थिए । एल्खार्ट काउन्टी सेरिफको कार्यालयले बुधबार दिउँसो एउटा कार राष्ट्रिय राजमार्गमा आफ्नो लेन पार गर्दा वालोर्स्कीको एसयूभीसँग ठोक्किएर दुर्घटना भएको बताएको छ ।
अधिकारीहरूका अनुसार एसयूभीमा वालोर्स्की (५८) र उनका दुई कर्मचारी पनि थिए । दुर्घटनामा एसयूभीसँग ठोक्किएका कारका महिला चालकको पनि मृत्यु भएको छ ।
वालोर्सकी अमेरिकी कंग्रेसका विभिन्न समितिको सदस्य पनि भइसकेकि थिइन् । उनी पहिलो पटक सन् २०१२ मा इन्डियाना राज्यबाट निर्वाचित भएकी थिइन् । वालोर्स्कीका चीफ अफ स्टाफ टिम कमिङ्सले एक विज्ञप्तिमा भने ‘उनी आफ्नो प्रभु येशू ख्रीष्टमा गइन् । कृपया उनको परिवारको लागि प्रार्थना गर्नुहोस् ।’
गत महिना जुलाई १५ मा अमेरिकामा २१ वटा सवारीसाधन आपसमा ठोक्किएर ६ जनाको मृत्यु भएको थियो । दुर्घटना हुँदा मौसम खराब थियो । धुलोको आँधी चलिरहेको थियो । मोन्टाना राजमार्ग गस्तीका सर्जेन्ट जे नेल्सनले भने, ‘तीव्र हावाका कारण धुलोको आँधीले दृश्यता शून्यमा झरेको देखिन्छ, जसले गर्दा दुर्घटना भएको हो ।’