जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ११ बि.पी. चोक स्थित भे.१ ख.३१४९ नम्बरको बसमा भारतबाट अबैध रुपमा भन्सार छलि पैठारी गरी ल्याउदै गरेको सामानहरु सहित उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त बसबाट ac २ थान, कुर्ता सुरुवाल ४८ पिस र रोल कपडा ३० रोल गरि मूल्य रु. २० लाख ४८ जहर बराबरको सामानहरु बरामद भएको छ ।
उल्लेखित समानहरु र ढुवानीमा प्रयोग गरिएको बस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।