You are currently viewing भन्सार छलिको ८ लाख भन्दा बढीको सामानहरु बरामद

भन्सार छलिको ८ लाख भन्दा बढीको सामानहरु बरामद

नेभा, बाँके, ७ जेठ,

जेठ ६ गते नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले अबैध भन्सार छलीको ८ लाख भन्दा बढीको सामानहरु नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्तासुरवाल, ईलेक्ट्रिक सेन्सर, चुईङ्गम, वेल्टको कडि लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मूल्य रु. ८ लाख ६१ हजार ७ सय बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply