You are currently viewing पाकिस्तानमा ल्यापटपको ब्याट्री बिस्फोट हुँदा २ बालबालिकाको मृत्यु

पाकिस्तानमा ल्यापटपको ब्याट्री बिस्फोट हुँदा २ बालबालिकाको मृत्यु

नेभा, पाकिस्तान, ६ असार,

पाकिस्तानको पञ्जाब प्रान्तमा ल्यापटपको ब्याट्री विस्फोट भएपछि बुधबार एउटा घरमा आगलागी भएको थियो । विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका छन् ।

जानकारीअनुसार ल्यापटपको ब्याट्री चार्ज गर्दा विस्फोट भएको थियो र त्यसले घरमा आगलागी निम्त्यायो । घटनापछि घरमा बस्ने पाँच बालबालिका र दुई महिलासहित परिवारका नौ सदस्यलाई अस्पतालमा भर्ना गरिएको उद्धार अधिकारीहरूले बताए ।

एक भाइ र एक बहिनीको पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको रिपोर्टले जनाएको छ । फैसलाबादको सरिफ पुरा क्षेत्रमा यो घटना भएको जियो न्युजले जनाएको छ ।

Leave a Reply