You are currently viewing लागूऔषध ब्राउन सुगर सहित राई पक्राउ

लागूऔषध ब्राउन सुगर सहित राई पक्राउ

नेभा, मोरङ, ११ पुस,

मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुष १० गते लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ खोटाङका २५ वर्षको मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पर्दा निजलाई पक्राउ गरिएको छ ।

निजलाई पक्राउ पारी ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply