पाकिस्तानमा फेरि एकपटक ठूलो बम विस्फोट भएको छ । पाकिस्तानको बलुचिस्तानको केच जिल्लामा सोमबार भएको यो ठूलो विस्फोटमा सात जनाको मृत्यु भएको छ । जसमा एउटा गाडीलाई रिमोट कन्ट्रोल बमले विस्फोट गराइएको थियो । बम विष्फोटमा ज्यान गुमाउने ७ जनामा युनियन काउन्सिल बालागुटारका अध्यक्ष इशाक याकुब पनि परेका छन् ।
मिडिया रिपोर्टहरूका अनुसार पञ्जगुरका डिप्टी कमिश्नर अमजद सोमरोले भने इश्तियाक याकुब र विवाह समारोहबाट फर्केका अरूलाई बोकेको गाडीलाई लक्षित गर्न गुन्डाहरूले रिमोट विस्फोटक यन्त्र राखेको थियो ।
बालागुटार क्षेत्रको चकर बजारमा गाडी पुगेपछि टाढैबाट बम विष्फोट गराइएको समाचारमा जनाइएको छ । जसका कारण ७ जनाको ज्यान गएको छ । पाकिस्तानको अखबार ‘डन’ को रिपोर्टका अनुसार मृत्यु हुनेहरूको पहिचान मोहम्मद याकुब, इब्राहिम, वाजिद, फिदा हुसेन, सरफराज र हैदरको रूपमा गरिएको छ । उनीहरु बालागुटार र पञ्जगुरका बासिन्दा थिए ।