You are currently viewing स्कूलमा १५ दिन भित्र समितिहरु अनिवार्य गठन गर्न महानगरपालिकाको सूचना

स्कूलमा १५ दिन भित्र समितिहरु अनिवार्य गठन गर्न महानगरपालिकाको सूचना

बीरगञ्ज, मङ्सिर २६,

बीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिती तथा अभिभावक व्यवस्थापन समिति गठन गर्न स्कूलले चासो नलिएकोप्रति महानगरपालिकाको शैक्षिक शाखाको गम्भिर ध्यानाकर्षण भएको र उक्त दुबै समिति आजको मितिबाट १५ दिन भित्र नियम प्रकृया पुर्याई  अनिवार्यरुपमा गठन गर्न गराउन सम्बन्धित सबैमा शैक्षिक प्रशासन  महाशाखाका प्रमुख अरविन्द लाल कर्णद्वारा हस्ताक्षरित सूचना जारि गरिएको छ ।

आआफ्नो वडामा रहेको स्कूलमा समितिहरु गठन गर्नगराउन सहयोगि भुमिका निर्वाह गर्न पनि सबै वडाध्यक्षहरुमा अनुरोध समेत गरिएको छ ।

Leave a Reply