उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका वडा नम्बर ७ को ३८ वर्षको तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका थिए ।
निज पीडिको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका वडा नम्बर १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायस सहित नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।