You are currently viewing बिभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादीहरु पक्राउ

बिभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादीहरु पक्राउ

नेभा, कास्की, २ पुष,

मंसिर १ गते देखी मंसिर ३० गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाकी रहेको ४६ जना व्यक्तिहरु फरार भएका थिए ।

प्रहरीहरु द्वारा फरार रहेको चेक अनादार मुद्दामा २९ जना, चोरी मुद्दामा २ जना, जुवा मुद्दामा ३ जना, दुशित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना, जालसाझी मुद्दामा ४ जना, साधारण चोरी मुद्दामा १ जना, सवारी अंगभंग मुद्दामा १ जना र अभद्र व्यवहार मुद्दामा १ जना प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा बुझाईएको छ ।

निजहरुबाट रु. २ लाख १२ हजार २ सय जरिवाना तथा ४ महिना १६ दिन कैद भुक्तान गरिएको खबर जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Leave a Reply