You are currently viewing मिनि ट्रकमा तरकारीको बोरा भित्र राखेको ५ सय ४४ किलो गाँजा बरामद

मिनि ट्रकमा तरकारीको बोरा भित्र राखेको ५ सय ४४ किलो गाँजा बरामद

नेभा, धनकुटा, २६ चैत्र,

धनकुटाको साँगुरीगढी गाँउपालीका वडा नम्बर ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।

तरकारी बोक्ने मिनिट्रकमा लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको तरकारीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५ सय ४४ किलो गाँजा बरामद गरिएको छ ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply