You are currently viewing पाकिस्तानको पञ्जाब प्रान्तको प्रहरीले टिकटक एप चलाउन नपाउने

पाकिस्तानको पञ्जाब प्रान्तको प्रहरीले टिकटक एप चलाउन नपाउने

नेभा, २७ माघ,

पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले चीनको छोटो भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय मिडिया रिपोर्ट र एआरवाई न्यूजका अनुसार पञ्जाब पुलिस विभागका कुनै पनि कर्मचारीले अब ड्युटीमा हुँदा यो एप प्रयोग गर्न पाउने छैनन् ।

यस सम्बन्धमा प्रहरी विभागले कडा निर्देशन पनि जारी गरेको छ । जसमा सबै प्रहरीलाई यो एपमा कुनै प्रहरीको भिडियो भेटिएमा कडा विभागीय कारबाही गरिने चेतावनी दिइएको छ ।

पञ्जाबको प्रान्तीय पुलिसले यस सम्बन्धमा सबै एआईजी अपरेशनहरूलाई पत्र पनि जारी गरेको छ । सामाजिक सञ्जाल र सर्ट भिडियो एप टिकटकमा भाइरल भएका प्रहरीका भिडियोका कारण प्रहरीको छविमा नकारात्मक असर परेको उनले बताए ।

पाकिस्तानको मिडिया रिपोर्टमा भनिएको छ कि पाकिस्तान दूरसञ्चार प्राधिकरण ‘पीटीए’ भन्दा पहिले पनि देशका धेरै ठाउँमा धेरै पटक बन्द भइसकेको छ ।

Leave a Reply