You are currently viewing भन्सार छली ल्याइएको जुत्ता चप्पलहरू बीरगंजबाट बरामद

भन्सार छली ल्याइएको जुत्ता चप्पलहरू बीरगंजबाट बरामद

नेभा, पर्सा, २७ फागुन,

जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडकखण्डमा घरकोठा भाडामा लिई भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू अनाधिकृत रूपमा भण्डारण गरी राखेको थियो । उक्त सामानहरु नामथर वतन नखुलेको व्यक्तिले राखेको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले सो जुत्ताका गोदाम कानूनी रीतपुर्‍याई खानतलासी गरी स्थानीय जनप्रतिनिधीहरूको रोहब्बरमा बेवारिसे अवस्थामा फेला परेका हुन् ।

जुत्ता ६ सय ९५ जोर, Super Click Cream ३७ पिस र प्लाष्टिकको लेडिज चप्पल २६ पिस गरी अन्दाजी मूल्य रू. ७ लाख ५ हजार बराबरको सामानहरु बरामद गरिएको छ ।

उलेखित सामानहरु बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि फागुन २७ गते बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जनाएका छन् ।

Leave a Reply