You are currently viewing ठोरीमा विल विजक भन्दा बढी तोरी लोड रहेको ट्रक नियन्त्रणमा

ठोरीमा विल विजक भन्दा बढी तोरी लोड रहेको ट्रक नियन्त्रणमा

नेभा, पर्सा, २८ असार,

असार २६ गते विल विजक भन्दा बढी तोरी बोकेको माल बाहक ट्रक बिजयबस्तीबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको ठोरी गाँउपालिका वडा नम्बर ३ बिजयबस्ती स्थित सडकखण्डमा ना.५ ख ५८४७ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी तोरी लोड रहेको तथा सो विल विजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ९ लाख बराबरको तोरी नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि असार २७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

Leave a Reply