You are currently viewing सबै अन्योल हटाउंदै बीरगंजका विद्यालयहरुका लागि २७ गतेको नयाँ निर्देशन जारी

सबै अन्योल हटाउंदै बीरगंजका विद्यालयहरुका लागि २७ गतेको नयाँ निर्देशन जारी

नेभा, २७ पुष,

आज मंगलबार नगर प्रमुख विजय सरावगीको अध्यक्षतामा सामुदायिक माध्यमिक विद्यालय र आधारभुत विद्यालय एवं प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकबाट नयाँ निर्णय जारी भएको छ ।

१२ वर्ष मुनीका सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालनमा रहेका विद्यालयहरु अर्को सूचना नआएसम्म स्थगित गर्ने शैक्षिक प्रशासन महाशाखा द्वारा यसै सुचना मार्फत जानकारी गराइएको छ ।

परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने माघ ७ गते सम्म विद्यालयमा लिइने परीक्षाहरु परीक्षा तालिका परिमार्जन गरेर भए पनि परीक्षा सम्पन्न गराउन सुचना जारी गरिएको छ ।

विद्यालयमा स्वास्थ्य सुरक्षालाई अपनाई नियमीत रुपमा मास्क, सेनिटाइजर, साबुन पानिले हात धुने, भौतिक दुरी कायम गर्ने र तापक्रम लिने आदि नियमको पालना गर्न गराउन पनि अनुरोध गरिएको छ ।

१२ वर्ष मुनीका सबै विद्यार्थीहरुलाई विद्यालयमा रोक लगाइए पनि त्यो भन्दा माथिको उमेरका विद्यार्थीबारे खुलेर केहि बोलिएको छैन ।

Leave a Reply