You are currently viewing १ किलो भन्दा बढी कोकिन सहित २ जना ब्राजिलियन नागरीकहरु पक्राउ

१ किलो भन्दा बढी कोकिन सहित २ जना ब्राजिलियन नागरीकहरु पक्राउ

नेभा, काठमाडौं, १६ चैत,

विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने बिदेशी नागरीकहरुको लागूऔषध नियन्त्रण ब्यूरो द्वारा निग्रानी गर्ने क्रममा लामो समयको निग्रानी पश्चात अबैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका दुईजना ब्राजिलियन नागरीकहरुलाई कोकिनका क्याप्सुलहरु सहित काठमाडौंमा नियन्त्रणमा लिइएको छ ।

चैत १३ गते काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर १७ ठमेलको जे. पी. मार्ग स्थित एक होटेलमा शंकास्पद रुपमा बसिरहेको ब्राजिलियन नागरीक LARISON BRITO DOS SANTOS को शुटकेश भित्र लुकाई छिपाई राखिएको ७७ वटा प्लाष्टिकले प्याकिङ गरीएको कोकिनको क्याप्सुलहरु भित्र राखिएको अबैध लागूऔषध कोकिन ८ सय ४० ग्राम फेला परेको थियो र FERNANDA VALE DOS SANTOS को शुटकेश भित्र लुकाई छिपाई राखिएका ६२ वटा प्लाष्टिकले प्याकिङ गरिएको कोकिनको क्याप्सुलहरु भित्र राखिएको अबैध लागूऔषध कोकिन ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुल फेला परेको छ । भने कोकिन १ किलो ३ सय ९० ग्राम फेला परेको छ ।

अनुसन्धानको क्रममा निजहरुले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाई छिपाई गरी नेपाल ल्याएको खुल्न आएको छ । निजहरुको पेटमा थप क्याप्सुलहरु समेत हुन सक्ने देखिएकोले निजहरुलाई नेपाल प्रहरी अस्पताल पठाईएको थियो ।

निज LARISON BRITO DOS SANTOS को पेटबाट थप ६ वटा प्लाष्टिकले प्याकिङ गरिएको कोकिनको क्याप्सुलहरु भित्र राखिएको कोकिन ६५ ग्राम बरामद गरीएको छ ।

बरामद गरिएको लागूऔषध कोकिनको अबैध बजारमा रु. ४ करोड ३६ लाख ५० हजार मूल्य छ । पक्राउ परेका निजहरुलाई जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई थप अनुसन्धान भइरहेको कुरा प्रहरी उपरीक्षक रामेशवर कार्कीले जनाएका छन् ।

Leave a Reply