You are currently viewing सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, २ घाइते

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, २ घाइते

नेभा, मोरङ, १८ पुस,

मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७ स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलवार कानेपोखरी चोकमा बा. ३ च १६५ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०५-००१ प ६५६१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक सप्त्तरीका १८ वर्षको कृष्ण देव चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाईकलमा पछाडी सवार १८ बर्षीय श्यामनन्द चौधरी र बिशाल चौधरीको सोहि अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न पिकअप र चालक सप्तरीका ३४ वर्षको बिनोद शर्मालाई ईलाका प्रहरी कार्यालय, रङगेलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply