You are currently viewing नाबालिकाहरुलाई यौन गतिविधीमा लगाउने तामांग महिला पक्राउ

नाबालिकाहरुलाई यौन गतिविधीमा लगाउने तामांग महिला पक्राउ

नेभा, १७ मंसिर,

नेपाल भरि मानव बेचबिखन तथा यौन गतिविधी हटाउने लगायत अनेकौ चेतनामुलक कार्यक्रमहरु नेपालका प्रहरीहरु द्वारा संपादन हुँदै आइरहेको छ ।

यसैबीच मंसिर १४ गते काठमाण्डौको नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने जिल्ला तनहुँ, भिमाद नगरपालिका वडा नम्बर २ को २५ वर्ष उमेर भएको सपना तामांग भन्ने पुजा रानालाई प्रहरीले पक्राउ गरेको छ ।

सुचनाका आधारमा ३ जना नाबालिकाहरुको उद्दार गरी उक्त कार्यमा संलग्न एक महिलालाई मंसीर १४ गते नयाँ बसपार्कबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको खबर नेपाल प्रहरीले प्रकाशित गरिएको बिज्ञप्ति द्वारा जानकारी गराइएको छ ।

Leave a Reply