You are currently viewing ६१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

६१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

भदौ ३, रामेछाप,

रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका छन्।

सुनसरी घर बताउने बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। उनले भदौ २ गते महिलाकै घरमा जबरजस्ती करणी गरेको आरोप छ।

घटनापछि फरार रहेका बिसुंखेलाई प्रहरीले खोजी गर्ने क्रममा भदौ ३ गते तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply