You are currently viewing सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने कार्य हुँदै

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने कार्य हुँदै

नेभा, उदयपुर, ३० असार,

लगातारको वर्षासँगै उदयपुर स्थित वरुवा खोलामा आएको बाढीले कटान गरेको करिब सय मिटर भूभागमा बाढी मानवबस्ती तर्फ पस्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली र पर्खाल लगाउने कार्य हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय, उदयपुरको त्रियुगा नगरपालिकाको स्थानीय जनप्रतिनिधि तथा नागरिक, जिल्ला स्थित नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, उदयपुर र सशस्त्र प्रहरी बलबाट खटिगएको टोलीको संयुक्त प्रयासमा तारजाली र पर्खाल लगाउने कार्य भएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply