विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराको मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले अबैध समानहरुलाई नियन्त्रणमा लिएको छ ।
चैत १६ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित बीरगंजबाट काठमाडौं तर्फ जादै गरेको ना ७ ख ८२१९ र ना ७ ख ६५६४ नम्बरको मिनि ट्रकमा लोड गरेको अन्दाजी मूल्य रु. ४७ लाख १९ हजार १ सय २३ रुपैया बराबरको स्पेयर पार्टहरु प्रहरी द्वारा नियन्त्रणमा गरीएको छ ।
चैत २० गते सोहि जिल्लाको महोत्तरीबाट चितवन तर्फ जादै गरेको ग. २ ख. ५६३ नम्बरको मिनि ट्रकमा लोड गरेको बिल भरपाई नभएका २ सय २५ बोरा अन्दाजी मूल्य रु. ५ लाख ६ हजार २ सय ५० रुपैया बराबरको प्याजलाई नियन्त्रणमा लिइएको छ ।
जम्मा रु ५२ लाख २५ हजार ३ सय ७३ रुपैया बराबरको उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको कुरा जिल्ला बारा, कलैयाको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।