You are currently viewing १ क्विन्टल भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

१ क्विन्टल भन्दा बढी गाँजा सहित ३ जना पक्राउ

नेभा, मोरङ, ३१ असार,

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ ईक्राही स्थितबाट १ सय २ किलो गाँजा सहित प्रहरीले ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

हिजो दिउसो बा ६ च ४६८९ नम्बरको कारमा लागूऔषध गाँजा ल्याउदै गरेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले कारको डिकीमा लोड गरि ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरु कार चालक मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय सुरेश लिम्बु, कारमा सवार धनकुटा सागुरिगढी गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १३ कि ४२ वर्षीया लक्ष्मि राई बि.क. रहेका छन् ।

निजहरुलाई उल्लेखित परिमाणको गाँजा सहित मोरङबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply