You are currently viewing लागूऔषध सहित एकजना व्यक्ति पक्राउ

लागूऔषध सहित एकजना व्यक्ति पक्राउ

नेभा, चितवन, १६ चैत,

इलाका प्रहरी कार्यालय, टाँडी चितवनबाट खटिएको प्रहरी टोलिले जिल्ला चितवन कालिका नगरपालिका वडा नम्बर ७ आदर्शटोल स्थितबाट लागूऔषध सहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

उक्त ठाउँमा बस्ने ३० वर्षको मिलन तामाङलाई शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेला पारी निजको खानतलासी गर्दा निजको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरि जम्मा ५ सय ९३ एम्पुल फेला परेको हुँदा निजलाई पक्राउ गरिएको छ ।

उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

Leave a Reply