You are currently viewing युरोपको एक ‘विश्वविद्यालय’मा गोली प्रहार हुँदा आक्रमणकारी सहित १५ जनाको मृत्यु

युरोपको एक ‘विश्वविद्यालय’मा गोली प्रहार हुँदा आक्रमणकारी सहित १५ जनाको मृत्यु

नेभा, युरोप, ६ पुष,

चेक गणतन्त्रको राजधानी प्रागमा पुष ५ गते सामुहिक गोली प्रहारको घटना सार्वजनिक भएको छ ।

जानकारी अनुसार विश्वविद्यालय भवनमा एक हतियारधारी व्यक्तिले गोली चलाएको थियो । यस गोलीबारीमा १५ जनाको मृत्यु भएको थियो । प्रागका प्रहरी प्रमुख मार्टिन भोन्ड्रासेकले चार्ल्स विश्वविद्यालयको दर्शनशास्त्र विभागको भवनमा गोली हानाहान भएको र आक्रमणकारी विद्यार्थी भएको बताए ।

आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । आक्रमण जान पलाच स्क्वायरमा भ्लाभा नदी नजिकैको भवनमा भएको थियो र यस काण्डको सम्भावित कारण वा पीडितहरूको बारेमा कुनै विवरण प्रदान गरेको छैन ।

Leave a Reply