महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बुवा बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।
नेपालको नागरिकता सम्बन्धी कानूनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बुवा बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका भने सूचना प्राप्त भएको छ ।
राजेशमानको एउटा मात्रै छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय, पर्सामा बुवाको रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम भएकी युवतीलाई नागरिकता दिलाएका थिए । अबैध नागरिकता लिएकी युवती भने पासपोर्ट बनाएर बिदेश पुगेको प्रमाण प्राप्त भएको छ ।