You are currently viewing झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

नेभा, झापा, १५ चैत,

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । स्थानीय ६० वर्षीया पबित्रा भेटवालको मृत्यु भएको छ ।

चैत १४ गते रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ वर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार परेको थियो ।

पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो भने घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय, झिलझिलेबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply