You are currently viewing SEE मा अनुत्तिर्ण हुँदा “I will Die, मलाई नखोज्नू” नोट लेखी हिँडेका बालकको सकुशल उद्धार

SEE मा अनुत्तिर्ण हुँदा “I will Die, मलाई नखोज्नू” नोट लेखी हिँडेका बालकको सकुशल उद्धार

नेभा, गोर्खा, २८ असार,

१५ वर्षको नाम गोप्य बालक SEE परिक्षामा अनुत्तिर्ण भएका कारणले निरास भई आफू सुत्ने कोठामा “I will Die, मलाई नखोज्नू” भनी सुसाइड नोट लेखी घर छोडी हिँडेको थिए ।

जिल्ला प्रहरी कार्यालय, गोर्खामा जानकारी प्राप्त हुनासाथ उक्त कार्यालयबाट खटिएको टोलि तथा परिवारको सक्रियतामा अबिलम्ब निज बालकको खोजतलासका लागि आवश्यक प्रहरी कारवाही गरी सोहि दिन निज बालकलाई कोखेआलेबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

साथै निज बालकलाई मनोविमर्षकर्ता मुक्ता कुमारी कुमाल द्वारा आवश्यक मनोवैज्ञानिक परामर्ष प्रदान गराई आफन्तको जिम्मा लगाइएको कुरा जिल्ला प्रहरी कार्यालय, गोर्खाले जनाएको छ ।

Leave a Reply