चीनको गुआङझाउ सहरमा कन्टेनर जहाज पुलसँग ठोक्किएपछि पुलको एक भाग ढलेको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तिनजना बेपत्ता भएका छन् ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । घटनामा पाँचवटा गाडी पनि क्षतिग्रस्त भएको छ । यो घटना हङकङबाट करिब ९० किलोमिटर उत्तरपश्चिममा रहेको चिनको गुआङझाउमा भएको हो ।
बेइजिङ न्यूजका अनुसार जहाजका क्याप्टेनलाई पक्राउ गरिएको छ । दुर्घटनाको कारण र हताहतको सङ्ख्याको अनुसन्धान भइरहेको ग्लोबल टाइम्सले जनाएको छ ।
जहाजमा कति जना थिए भन्ने अझै स्पष्ट भएको छैन । उद्धार र राहत टोली घटनास्थलमा छन् । यद्यपि गुआङझाउ बस कम्पनीले आफ्नो बस पुलबाट खस्दा चालक मात्र बसमा रहेको बताएको छ ।