सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ देविस्थान का ४५ वर्षीय पुर्ण बहादुर बस्नेतलाई धारीलो हतियार प्रहार गरी आफ्नै भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
निजले आफ्नो घरमा पाहुना आएका भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारीलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल सुरक्षाको लागी बिमानस्थल सुरक्षा गार्ड काँगेल र प्रहरी चौकी नेलेबाट प्रहरीको टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।