You are currently viewing काबुलस्थित रुसी दूतावास बाहिर बम विस्फोट हुँदा दुई कूटनीतिज्ञसहित २० जनाको मृत्यु

काबुलस्थित रुसी दूतावास बाहिर बम विस्फोट हुँदा दुई कूटनीतिज्ञसहित २० जनाको मृत्यु

नेभा, २६ भाद्र,

अफगानिस्तानको काबुलस्थित रुसी दूतावास बाहिर सोमबार भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना रुसी कूटनीतिज्ञ थिए । रुसी सरकारी सञ्चारमाध्यम आरटीले अफगानिस्तानको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै यो समाचार दिएको हो ।

एक वर्षभन्दा बढी समयअघि तालिबानले आफ्नो कब्जामा लिएपछि काबुलमा आफ्नो दूतावास कायम गर्ने केही देशमध्ये रुस पनि एक हो । यद्यपि मस्कोले तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर उनीहरूले पेट्रोल र अन्य वस्तुहरू आपूर्ति गर्न अधिकारीहरूसँग सम्झौता गरिरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अफगान प्रहरीले काबुलस्थित रुसी दूतावासको प्रवेशद्वार नजिकै आत्मघाती बम विस्फोट गराएको बताएको छ । दूतावासको सुरक्षामा खटिएका सशस्त्र गार्डहरूले आत्मघाती आक्रमणकारीलाई पहिल्यै पहिचान गरी गोली हानेको प्रहरीले जनाएको छ ।

तैपनि उनी दूतावासको गेट नजिकै पुग्न सफल भए । रुसी दूतावास रहेको इलाकाका प्रहरी प्रमुख मौलावी साबिरले रोयटर्सलाई भने कि आत्मघाती आक्रमणकारीलाई रुसी दूतावासको सुरक्षामा खटिएका तालिबान गार्डहरूले गेटमा पुग्नुअघि नै पहिचान गरी गोली हानेको बताए ।

Leave a Reply