राष्ट्रिय परिक्षा बोर्डले आज माध्यामिक शिक्षा परिक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा धेरै विधार्थीहरु उतिर्ण गरेका छन् भने धेरै अनुतिर्ण पनि भएका छन । एसइईको परिक्षार्थिहरुको लागि केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन् ।
आज SEE परीक्षा २०८० को Result आएको छ । परीक्षामा सफल सबै भाइबहिनीहरूलाई बधाई । यसलाई जीवनको परीक्षाको सफलता वा असफलताका रूपमा बुझ्नु हुँदैन, जीवन यात्रामा यो एउटा पाइला मात्रै हो । जीवनमा अनगिन्ती पाइलाहरू हिँड्नु छ । यस परीक्षामा सफल हुन नसक्ने भाइबहिनीहरुका लागि पनि पाइला चाल्ने ठाउँ प्रसस्तै छन् । तपाईंहरूले निराश नभइ नयाँ पाइला चाल्नु पर्छ । सबैलाई मेरो शुभकामना छ ।