साल २०८० फागुन ३० गते जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर २३ स्थित राजन कार्कीको घरमा कोठा भाडामा लिई बस्ने जिल्ला, अर्घाखाची मालारानी गाउँपालिका वडा नम्बर १ घर हुने केशव पौडेलको कोठाको ताला फोडी कोठा भित्र रहेको सुनको गरगहना चोरी भएको थियो ।
अन्दाजी १० तोला सुनको गरगहना चोरी गर्ने जिल्ला, गोरखा बाह्रकिलो घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका ४ बस्ने २० वर्षको रिकेश दासलाई चोरी भएको गरगहना सहित काठमाडौं जिल्ला नागार्जुन नगरपालिका ४ शरणपुरबाट नियन्त्रणमा लिइएको छ ।
निज दासबाट सुनको रानिहार १ थान, सुनको चन्द्रमा २ थान, इन्डेन मंगलसुत्र १ थान, सुनको झुम्का १ जोर र सुनको लकेट १ थान बरामद भएको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।