You are currently viewing भन्सार छलीको Mountain Dew लगायतका अबैध समानहरु बरामद

भन्सार छलीको Mountain Dew लगायतका अबैध समानहरु बरामद

नेभा, बाँके, २८ फागुन,

भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको Mountain Dew नामक पिय पदार्थ, चामल, केराउ, थानको कपडा लागायतका सामानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्दाजी मुल्य रु.१ लाख १४ हजार बराबरको विभिन्न मालसामानहरु जिल्ला प्रहरी कार्यालय, बाँके तथा ईलाका प्रहरी कार्यालय, जमुनाहबाट खटिएको प्रहरी टोलिले फेला पारी बरामद गरेका छन् ।

उक्त सामानहरुलाई बरामद गरी आशवश्यक कारवाहिको लागि नेपालगंज भन्सार कार्यालय, बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply