झापाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो स्थानिय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।
चोरी भएको ट्याक्टर खोज तलासमा खटिएको प्रहरी चौकी, कुञ्जिवारीको प्रहरी टोलीले सोहि दिन गौरादह नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर फेला पारी पक्राउ गरेको छ ।
निजलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।