You are currently viewing चोरी मुद्दाको फरार अभियुक्त पक्राउ

चोरी मुद्दाको फरार अभियुक्त पक्राउ

नेभा, बाँके, २३ चैत,

बाँके जिल्ला अदालतको साल २०८० बैशाख १९ गतेको फैसलाले जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुर बस्ने २१ वर्षको गौरव कुमार थारुलाई चार पटक चोरी मुद्दामा ८ वर्ष ८ महिना २८ दिन कैद सजाय र रु. ६० हजार जरिवाना तोकिएको थियो ।

कैद सजाय र जरिवाना तोकिएमा निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले चैत २३ गते निजलाई पक्राउ गरेको छ ।

निज गौरव कुमार थारुलाई पक्राउ गरी बाँके जिल्ला, अदालतमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply