अफगानिस्तानको काबुलमा एउटा सडकमा बम विस्फोट भएको छ । यस विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको र २२ जना घाइते भएको बताइएको छ । अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले यसको पुष्टि गरेका छन् । रोयटर्सले यो जानकारी दिएको हो ।
अफगानिस्तानमा तालिबान शासन सुरु भएदेखि नै बम विस्फोटका घटना बढेका छन् । भर्खरै काबुलमा कार बम विस्फोट भएको थियो । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद नजिक शुक्रबार भएको कार बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका छन् । तालिवानका एक अधिकारीले यो जानकारी दिएका छन् ।
काबुलका प्रहरी प्रमुखका लागि तालिवानद्वारा नियुक्त प्रवक्ता खालिद जद्रानका अनुसार पश्चिमी काबुलको शिया बहुल सार-ए कारेज क्षेत्रमा बम विष्फोट भएको हो । प्रारम्भिक रिपोर्टमा २ जनाको मृत्यु भएको बताइएको थियो तर पछि केही घाइते भएपछि मृत्यु हुनेको संख्या बढेको थियो ।