२०८३ भदौ २, बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार बालिका २०८३ साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट हराएकी थिइन्। खोजीका क्रममा भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानका क्रममा जितपुरसिमरा–२ का अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक १६ वर्षीय बालक र उक्त म्याजिकका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्रोत: प्रहरी अनुसन्धान विवरण

